Lumbini Rise
महाबोधी सोसाइटीद्वारा बेन्च हस्तान्तरण

लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाइ लक्षित गरी पाँच थान बेन्च राखिएको छ । लुम्बिनीस्थित महाबोधी सोसाइटी अफ इन्डिया शाखाद्वारा ४० हजार लागतमा निर्माण गरी ती बेन्च लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको हो ।

महाबोधी सोसाइटी अफ इन्डियाका लुम्बिनी शाखा प्रमुख भिक्षु बी नन्द थेरोले तीर्थयात्रीहरुलाइ बस्न सहयाेग पुग्ने अपेक्षा सहित  बेञ्च सहयाेग गरिएकाे बताए । 

मायादेवी मन्दिर परिसरमा तीर्थयात्री र पर्यटकका लागि फलामे बेन्च राखिएको हाे । मन्दिर घुम्न र अवलोकन गर्न आउने पर्यटक र तीर्थयात्रीलाई बस्न/आराम गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update