Lumbini Rise
ओली समूहलाई लक्ष्य गरेर घिमिरेको टिप्पणी–पञ्चायत ढल्दै गर्दा पञ्च भन्दै थिए, सबै ठीक छ महाराज

बुटवल - नेकपा एमाले नेता बासुदेव घिमिरेले पञ्चायत ढल्दै गर्दा पनि पञ्चहरूले सबै ठीक छ महाराज गरेको भन्दै नेतृत्वलाई स्मरण गराएका छन्।

घिमिरे रूपन्देही–३ बाट उम्मेदवार थिए। तर जमानतसमेत जोगाउन नसकेपछि उनले सामाजिक सञ्जालमार्फत् पञ्चायत ढल्दै गर्दाको अवस्था सम्झिएका हुन्।

‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही—‘सबै ठीक छ, महाराज,’ उनले फेसबुकमा लेखेका छन्। घिमिरेले चुनावअघि एमाले त्यागेको घोषणा गरेका थिए। उपाध्यक्ष विष्णु पौडेललगायत पार्टी नेताहरूले सम्झाएपछि उनी एमालेमै अडिएर उम्मेदवार बनेका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा लेखजंग थापासँग पराजय व्यहोरे।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update