Lumbini Rise
एमाले अध्यक्ष केपि ओलीको पिताको निधन

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको भिड लागेको छ । अध्यक्ष ओलीले पनि बुवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा मोहनप्रसादको पार्थिव शरीर राखिएको छ । त्यहाँ पुगेर श्रद्धाञ्जली अर्पण गर्ने आफन्त, नातेदार र पार्टी नेता–कार्यकर्ताहरुको भिड छ ।

 

 

अध्यक्ष ओलीका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो।

मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

 

 

गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहन प्रसादको झापास्थित घरमा पनि आगजनी भएको थियो । त्यसयता उनी झापा गएका थिएनन् । त्यसअघिसम्म उनी झापास्थित घरमा आउजाउ गरिरहन्थे ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update