Lumbini Rise
चैत १ देखि बुटवल महामेला हुने

बुटवल - बुटवलमा चैत १ देखि बुटवल महामेला हुने भएको छ । फर्वाड नेपाल मल्टिप्रपोजको आयोजनामा यहि चैत १ बाट २४ गते सम्म बुटवल महामेला आयोजना हुने भएको हो । 

आयोजक संस्थाले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि मेलको तयारि पुरा गरिएको जानकारी दिएका हुन ।

बुटवल देविनगर रंगशालामा आयोजनामा हुने मेलामा राष्ट्रिय र स्थनिय कलाकारको प्रस्तति सहित जलपरि कपल डान्स, बुज खफिफा, सहित लुम्बनी को प्रतिमा सहितको सचिवालय आयोजना गरिने कम्पनीका अध्यक्ष गोबिन्द भुषालले जानकारी दिए ।

"बुटवल महामेला" मा टिकटक प्रतियोगिता सहित डान्स प्रतियोगिता आयोजना गरिने भएको छ ।

मेलामा करिव ५ लाख दर्शक आउने र ५ करोडको कारवार हुने अपेक्षा गरिएको छ । बु६वल ११ देविनगर रंगशलामा हुने मेलाकाे सबै तयारी पूरा गरिएकाे छ ।

सञ्चारकर्मी सुभाष बिसिकाे सञ्चालनमा भएकाे पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष रामप्रसाद आचार्य, रुपन्देही अध्यक्ष दिनेश पाण्डेय, लुम्बिनी सञ्चार समन्वय परिषदका अध्यक्ष मिलन गाहा, पत्रकार माधव अर्याल लगायतकाे उपस्थिति रहेकाे थियाे । 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update