Lumbini Rise
ईनिशा हत्यामा संलग्नलाई कारवाही माग गर्दै रूपन्देहीमा ज्ञापनपत्र पेश  

रूपन्देही — नेपाल दलित मुक्ति मोर्चा रूपन्देहीले सुर्खेतकी ईजिशा विककाे घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै प्रशासन मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ।

मोर्चाले आइतबार रूपन्देही जिल्ला प्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई न्याय र दोषीलाई कडा कारबाहीको माग गरेको हो। सुर्खेत  वीरेन्द्रनगर नगरपालिका– १ की १६ वर्षीया इनिशा विककाे वीरेन्द्रनगर– ४

 इनिशालाई सोही दिन कर्णाली प्रदेश अस्पतालले मृत घोषणा गरेको थियो । घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको भन्दै मोर्चाले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।

नेपाल दलित मुक्तिमोर्चाका फ्याक्सन इन्चार्ज पुर्व माननीय दीपा विश्वकर्मा, दलित मुक्ति माेर्चा रूपन्देहीका अध्यक्ष धुर्व लामगादे, सचिव छबि नेपाली,मोर्चाका केन्द्रीय सदस्य खड्क कौसल लगायतले जिल्ला प्रशसनमा संषुक्त रूपमा ज्ञापन पत्र बुझाएका हुन् । 

मोर्चाका अनुसार घटनापछि पीडित परिवारले न्यायका लागि पहल गरे पनि अझैसम्म वास्तविक दोषीलाई कडा कारबाही नभएको भन्दै चिन्ता व्यक्त गरिएको छ। समाजमा दलित तथा बालिकामाथि हुने हिंसा रोक्न राज्य गम्भीर बन्नुपर्ने पनि मोर्चाले जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update