यी हुन् नेकपाले छानेका ९ समानुपातिक सांसद
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ जना समानुपातिक सांसद छानेर उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
निर्वाचन आयोगमा नेकपाले बुझाएको नामहरूमा खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गताबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारू समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।
निर्वाचन आयोगमा सिफारिस भएका यी नामहरू निर्वाचन आयोगले स्वीकृत गरेपछि निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगले स्वीकृत गरेसँगै समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका सांसदहरूले प्रमणपत्र प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: सोमबार, चैत २, २०८२ १०:१७
प्रतिक्रिया दिनुहोस्


