Lumbini Rise
यी हुन काँग्रेसका समानुपातिक सांसदहरू

काठमाडाैं - समानुपातिक मतअनुसार नेपाली काँग्रेसले आफ्नो भागमा परेका २० जना समानुपातिक सांसदहरूको नाम टुङ्ग्याएको छ। यसअघि नै आयोगमा बुझाइसकेको समानुपातिकको बन्दसूचीबाटै आज बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले १५ महिला र ५ पुरुष सांसदहरूको नाम टुङ्गो लगाएको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार २० मध्ये १५ जना महिला र ५ जना पुरुष सांसद सिफारिस गर्ने निर्णय गरेको छ। 

उनले महिलातर्फ आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ र बाँकी अन्य कलस्टरबाट नाम टुंगो लगाएको जानकारी दिएका छन्।

यी हुन काँग्रेसका समानुपातिक सांसदहरू

क. खसआर्य कोटाबाट
१.सुशीला ढकाल
२.रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती,
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी

ख. आदिवासी जनजाति कोटाबाट
७.गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे

ग. मधेशी कोटाबाट
१३.निनुकुमारी कर्ण
१४.रेखाकुमारी यादव
१५.चन्द्रमोहन यादव

घ. दलित कोटाबाट
१६.हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली

ङ.थारू कोटाबाट
१९. प्रमिलाकुमारी गच्छदार

च. मुस्लिम कोटाबाट
२०.शाहजान खातुन

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update