Lumbini Rise
पूँजीवादको चरम सदुपयोग गरेर समाजवाद आउछ : सुरेन्द्र पाण्डेय

बुटवल - पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वितरणमुखी नभएर उत्पादनमुखी अर्थतन्त्र अंगालेर मात्रै देशलाई अगाडि बढाउन सकिने बताएका छन् ।

उनले अर्थराजनीतिक कनेक्सन नहुँदा र दलका नेताहरुले आर्थिकक विषयमा गम्भीर चासो नदिँदा समस्या बढेको जनाए । ‘जनप्रतिनिधि आधारभूत अर्थतन्त्रका विषयमा जानकार नहुँदा धेरै समस्या परेको छ, स्रोतबिना जनप्रतिनिधिले योजना बाँड्दा कार्यान्वयनमै संकट आएको हो । सबै मिलेर सुधार गर्नुपर्नेछ,’ उनले भने ।

उनले एसपीपी र एमसीसी सम्झौताले अमेरिकी सेना आउने अनावश्यक हल्ला गरेर जान नहुने बताए । ‘एसपीपी र एमसीसी सम्झौताले अमेरिकी सेना आउने होइन, त्यो हल्ला र संशय हो, अमेरिका आउन सम्झौता गर्नुपर्दैन । विश्वका धेरै उदाहरण देखिएको छ,’ उनले भने ।

‘भित्रभित्र सहमति जनाएर हस्ताक्षर गर्ने बाहिर क्रान्तिकारी बनेर विरोध गर्ने दोहोरा चरित्रले समस्या पारेको छ, यसले अर्थमा मात्रै होइन कूटनीतिक रुपमा समेत समस्या पार्दछ,’ उनले भने ।

उनले पूँजीवादको चरम सदुपयोग गरेर समाजवाद आउने भएकाले परम्परागत वर्गसंघर्ष पूँजीवादमै हुने र मजदुर वर्गले पूँजीवादलाई साम्यवादमा लैजानसक्ने धारणा राखेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update