बुटवल - संसार बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले विहिबार वृहत रक्तदान कार्यक्रम गरेको छ । संस्थाको १४ औ स्थापना दिवस तथा ६९ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा विहिबार बुटवल देविनगर चौपारीमा रक्तदान कार्यक्रम गरेका हुन् ।
जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीले रक्तदान जस्तो पवित्र कार्य गरेकोमा धन्यवाद दिए । रक्तदानमा ५६ यूनिट रगत संकलन भएको छ । खुल्ला रुपमा गरिएको रक्तदान कार्यक्रम सहकारीका सदस्य तथा विद्यार्थीहरुले रक्तदान गरेका छन् ।
सहकारीका अध्यक्ष पदम प्रसाद न्यौपानेले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, विभिन्न संस्थाहरुमा सहयोग गर्दै आएको बताए। उनले प्रत्येक बर्ष संस्थाले खुल्ला रक्तदान कार्यक्रम राखिएको बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष नारायण बेल्बासे, पूर्वअध्यक्ष विष्णु वोस्ती, निवर्तमान अध्यक्ष प्रकाश भट्टराई, चौपारी टोल विकास संस्थाका शिव बस्याल, सल्लाहकारहरु राजेश खत्री, कृष्ण घिमिरे, अस्थायी प्रहरी चौकी देविनगरका टेकराज भण्डारी लगायले बोलेका थिए । संस्थाले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व निर्वाह गर्दै खुल्ला रक्तदान कार्यक्रम राख्ने गरेको व्यवस्थापक विष्णु खनालले बताए । सहकारीमा हाल ११२७ शेयर सदस्यहरु रहेको सहकारीका सचिव ईश्वरा देवकोटाले बताए।
यसैगरि चैत १५ गते अन्तर सहकारी हाजिरीजवाफ प्रतियोगिता गरिने जनाइएको छ । रक्तदान कार्यक्रम संयोजक बिमल अधिकारीले गरेका थिए ।


