Lumbini Rise
विश्वशान्तिको कामना गर्दै कालीगण्डकीमा साढे दुई करोड दीप प्रज्ज्वलन

म्याग्दी- विश्व शान्तिको कामना गर्दै आइतबार बेनीस्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन गरिएको छ।

विश्व हिन्दू महास‌ंघ म्याग्दीले रामनवमी पर्वको अवसर पारेर कालीगण्डकी र म्याग्दी नदीको दोभान नजिकै दीप प्रज्ज्वलन गरेको हो। विश्व शान्तिको कामनाका साथै बेनी बजारको धार्मिक पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले दीप प्रज्ज्वलन गरिएको महासंघका उपाध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए।

मध्यपूर्वका देशहरूमा भइरहेका द्वन्द्व हटेर शान्ति कायम होस् र नेपालमा शुक्रबार नै गठन भएको नयाँ सरकारले जनअपेक्षाअनुसार काम गर्न सफल होस् भन्ने कामनासहित दीप प्रज्ज्वलन गरिएको महासंघका अध्यक्ष दण्डपानी शर्माले बताए।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update