Lumbini Rise
स्टान्डर्ड टेलरिङ सेन्टर नयाँ व्यवस्थापनमा समुदघाटन​​​​​​​

बुटवल- बुटवलको राजमार्ग चौराहामा नयाँ व्यवस्थापनका साथ स्टान्डर्ड  टेलरिङ सेन्टर सञ्चालनमा आएको छ। बुटवलमा लामो समयदेखि टेलरिङ  व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी सुवास परियारको संयुक्त पारिवारिक लगानीमा टेलर्स सञ्चालनमा ल्याइएको हो ।

उक्त  टेलर्सको शनिबार एक कार्यक्रमका बीच नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर श्रेष्ठले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले विषम परिस्थितिमा पनि ठुलो लगानीका साथ व्यवसाय सुरु गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरुलाई राज्यले संरक्षणसँगै लगानीको वातावरण तयार गर्नुपर्ने बताए ।

लामो व्यवसायीक अनुभव र आकर्षक डिजाइन र उचित मूल्यमा गुणस्तरीय पहिरनका कारण यस क्षेत्रका ग्राहकको मन जित्न सफल भएको उल्लेख गर्दै उनले आगामी दिनमा सबैको साथ पाउने विश्वास व्यक्त गरे ।

टेलर्सका सञ्चालक सुवास परियारले गुणस्तरीय सेवासँगै ग्राहकको चाहना र व्यक्तित्वलाई प्राथमिकता दिएर काम गर्ने बताए । लामो समयदेखि यस क्षेत्रमा व्यवसाय सञ्चालन गर्दा विभिन्न कठिनाइ आइपरेपनि ती सबै चुनौतीको सामना गदै नयाँ व्यवस्थापनका साथ ग्राहकको सेवामा जुटेको बताए ।

‘हाम्रो लक्ष्य केवल कपडा सिलाउनु मात्र होइन, ग्राहकलाई सन्तुष्टि दिनु हो । एकपटक सेवा लिनुहुने ग्राहक फेरि फर्केर आउनु नै हाम्रो सफलता हो ।’, परियारले भने, ‘पेशालाई अगाडि बढाउँदै जाँदा समय र ठाउँको माग तथा प्रविधिको विकाससँगै स्तरोन्नति गर्दै लगेका छौँ ।’ गुणस्तरीय कपडा, उचित मूल्य र समयमै डेलिभरीको प्रतिबद्धताले टेलर्सलाई  बलियो ब्रान्डका रूपमा स्थापित गरिरहेको उनले बताए ।

२०६१ सालमा बुटवलको बिपीचोकमा स्थापना भएको स्टान्डर्स टेलर्स २०७० सालदेखि राजमार्ग चौराहामा सञ्चालनमा रहेको थियो । अहिले नयाँ व्यवस्थापनका साथ चौराहाबाटै पुनः सेवा सुरु भएको हो । विवाह, पार्टी, कार्यालयसँगै बिभिन्न कार्यक्रम र औपचारिक समारोह जुनसुकै अवसरका लागि रेडिमेड कोट, कोट पाइन्ट, सर्ट, कुर्ता, दौरा सुरुवाल पाएनुका साथै छिटो, भरपर्दो र नापअनुसार फिटिङ, आधुनिक कटिङ शैलीसँगै परम्परागत नेपाली पहिरनलाई पनि समान महत्व दिएको अर्का सञ्चालक विजय परियारले बताए ।

स्टान्डर्ड टेलरिङ सेन्टरले बुटवलसँगै भैरहवा र कपिलवस्तुको ४ नम्बरमा पनि शाखा विस्तार गरी गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । टेलर्समा ४० जनाले प्रत्यक्ष रोजगारी पाएको अर्का सञ्चालक बुद्धिमान परियारले जानकारी दिए । बढ्दो प्रविधिको नयाँनयाँ विकास तथा समयको मागअनुसार मेसिनहरु थप गरी ग्राहकलाई सेवा प्रदान गर्दै आएको उनले बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update