Lumbini Rise
विश्व शान्तिको सन्देशसहित बुद्ध जयन्तीमा काठमाडौं-लुम्बिनी साइकल यात्रा

लुम्बिनी- विश्व शान्तिका लागि लुम्बिनीस्थित द युनिभर्सल पिस स्यानचुरीले १५ वैशाखदेखि काठमाडौं–लुम्बिनी चारदिने साइकल यात्रा आयोजना गर्ने भएको छ।

विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले लुम्बिनीस्थित द युनिभर्सल पिस स्यानचुरीले १५ वैशाखमा काठमाडौंदेखि लुम्बिनीसम्म चारदिने साइकल यात्रा हुने भएको छ । ‘शान्तिका लागि साइकल यात्रा’ मा १ सय ८ साइकलयात्री सहभागी हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । 

सहभागीहरू काठमाडौंबाट हेटौंडा, नारायणघाट, कावासोती, दाउन्ने र भैरहवा हुँदै लुम्बिनी पुग्नेछन् । विश्वका विभिन्न भागमा युद्ध र द्वन्द्व जारी रहेको अवस्थामा करुणा, अहिंसा र शान्तिको सन्देश फैलाउन साइकल यात्रा आयोजना गरिएको आयोजकले जनायो । 

आयोजकका अनुसार विश्वभर युद्ध र द्वन्द्व बढिरहेका बेला करुणा, अहिंसा र शान्तिको सन्देश फैलाउन कार्यक्रम आयोजना गरिएको हो। १ मेमा लुम्बिनीमा मायादेवी मन्दिर दर्शन, बोधिवृक्षमुनि ध्यान, विश्व शान्तिका लागि प्रार्थना तथा दीप प्रज्वलन कार्यक्रम हुनेछ। २ मेमा ध्यान कार्यक्रमसँगै श्याल्पा रिन्पोछेद्वारा लिखित 'द पाथ टू पर्फेक्ट फ्रिडम'को नेपाली अनुवाद सार्वजनिक गरिनेछ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update