बुटवल - नेपाली कम्युनिष्ट पार्टी बुटवल १७ का सदस्य सूर्य बहादुर कुमालको निधनमा श्रद्धाञ्जली सभा गरिएको छ। गत असार १४ गतेका दिन भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै नेकपा बुटवल वडा न. १७ को कमिटिले शनिबार श्रद्धाञ्जलीसभा गरेको हो ।
नेकपाका नेता तथा पूर्वमन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जलीसभा जिल्ला, नगर र वडातहका नेताहरुको उपस्थिती रहेको थियो ।
उक्त अवसरमा बोल्दै पूर्वमन्त्री बरालले मुलुकमा बिशिष्टखालको राजनीतिक घटनाक्रमको विकास भएको बताउँदै भुईँतहमा रहेर राजनीति गरेका स्व. सूर्यबहादुर कुमालको अभाव खड्किने बताए ।
नेकपा वडा न. १७ का वडाअध्यक्ष ग्यामलाल भुसालको अध्यक्षता, गनेश दाहालको सञ्चानलमा भएको कार्यक्रममा नेकपा नगर संयोजक महेन्द्र भुसाल, वडा इन्चार्ज अर्जुन रसाईली, जिल्ला सदस्यहरु गंगाराम ढकाल, कुल बहादुर सापकोटा, जहरसिंह विक, क्षेत्रिय सदस्य कृष्ण सुनार, नगर सदस्यहरु होमनाथ शर्मा, शोभाखर नेपाली र वडा इन्चार्ज झिल्लुराम न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

