
काठमाडौँ – सरकार र शिक्षकहरुका विच भएको वार्ता निष्र्कषमा पुगेको छ । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति भएसँगै टुंगोमा पुगेको हो । शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो।
के के सहमती भयो भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । सहमति मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिनेछ। कति बुँदामा सहमति जुट्यो भन्ने केही खुलाइएको छैन।
मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिने जनाइएको छ । वार्ता सकिएपछि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि हिँडेका छन्।
शिक्षा समिति सभापति अम्मरबहादुर थापाले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने बताए। सहमति जुटेको र मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि सार्वजनिक गरिने थापाले बताए।