Lumbini Rise
कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला

काठमाडौं । कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका-४ बिरपुर बस्ने ९० वर्षीय राजाराम बानियाँ घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी नुवाकोटको ककनी गाउँपालिका-६ पैतिसकिलोस्थित वरखोल्सा खोला नजिकै सोही गाउँपालिका-६ स्थित गाई फर्ममा काम गर्ने लिखु गाउँपालिका-३ ढाडेफेदी घर भएकी ४५ वर्षीया दुर्गा राई सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका-८ बगैँचा रिसोर्टमा काम गर्ने सुनसरी बर्जु गाउँपालिका-१ घर भएका २१ वर्षीय गजेन्द्र यादव सोही रिसोर्टको स्वीमिङ पुलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update