बुटवल - रुपन्देहको भैरहवामा लागू सहित औषध सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराही उप महानगरपालिका वडा नं.-१३ बस्ने बर्ष २२ का प्रवेश घर्ती मगर र सोही ठाउँ बस्ने बर्ष १७ का विस्मत घर्ति मगर रहेका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अंचलपुर स्थित वडा प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा लागू औषध सहित उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिए ।
प्रहरीले रा ७ प ७००७ नं. को स्कुटर चेकजाँच गर्दा लागु औषध डाइजेपाम इजेक्सन आइपी २ एमल, एम्पुल सहित १४५ एम्पुल, सिरिन्ज-३ थान , स्क्रिनटच मोबाइल २ थान समेत फेला पारी बरामद गरेको छ । पक्राउ परेकाहरुलाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

