Lumbini Rise
बुटवलमा चार युवाले सुरु गरे प्रिन्टओरा  

बुटवल –  बुटवल क्षेत्रमै पहिलो पटक डिटिएफ प्रिन्ट (कपडामा कलरफुल प्रिन्ट) गर्ने व्यवसाय सुरू भएको छ । बुटवल  ७ दिपनगरमा प्रिन्टओरा प्रालीले  शनिबार एक समारोहका विच समुद्घाटन गरिएको हो ।

बुटवलका ४ जना युवा व्यवसायी बसन्त चन्द, जीवन थापा, बिमल खत्री र विशाल भारतीको संयुक्त लगानीमा अत्याधुनिक प्रविधिसहितको कपडामा प्रिन्ट गर्ने कार्यको सुभारम्भ गरिएको हो । 

बुटवल क्षेत्रमै पहिलो पटक डिटिएफ प्रिन्टिङ्ग मेसिनबाट टिर्सट, क्याप, ब्यागलगायतका कपडामा प्रिन्ट गर्ने कार्यको कम्पनीका अध्यक्ष बसन्त चन्दले औपचारिक रुपमा रिबन काटेर सुभारम्भ गरेका हुन् ।

पछिल्लो समय युवाहरु रोजगारीको लागि विदेश पलायनको लर्को चलिरहेको बेला स्वदेशमै आत्मनिर्भरसंगै रोजगारी सिर्जन गर्ने उद्देश्यले कम्पनीको सुभारम्भ गरिएको अध्यक्ष चन्दले बताए ।

कम्पनीका सञ्चालक जीवन थापाले यस क्षेत्रमा प्रिन्टिङ्ग मेसिनको भनेजस्तो सेवा पाउन नसकेको अवस्थामा त्यसको पुर्ति गर्न र सेवाग्राहीलाई सहज र सुलभ दरमा सेवा दिनका लागि आफूहरुले व्यवसाय सुरु गरेको बताए। यो व्यवसाय सुरु भएपछि यस क्षेत्रमा रंगिन प्रिन्ट गर्ने सुविधा थपिने विश्वास गरिएको छ । 

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update