Lumbini Rise
लुम्बिनीमा एक बर्षमा ५८५ जनाको मृत्यू

बुटवल -  लुम्बिनी प्रदेशमा एक बर्षमा सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यू भएको छ ।   नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका १२ जिल्लाको अवस्था सार्वजनिक गर्दै यो जानकारी गराएको हो । 

दुर्घटनाबाट ज्यान गुमाएका ५८५ जनामध्ये ४२४ जना पुरुष , ११० जना महिला, ३४ जना बालक र १७ जना बालिका  रहेका छन्। त्यसैगरी दुर्घटनामा परी १,७९९ जना गम्भीर घाइते र ६,२५९ जना सामान्य घाइते भएका छन्, जसमा पनि पुरुषको संख्या नै बढी छ।

दुर्घटनामा संलग्न कुल ६,८२२ वटा सवारी साधनमध्ये ४,२८६ वटा ९६२।८२५० मोटरसाइकलरस्कुटर रहेका छन्। त्यसपछि जिपरकार ६६६, टेम्पो ५०९, शारीरिक शक्तिले चल्ने सवारी ४९५, बस २१० र ट्रकरट्रयाक्टर २०४ वटा दुर्घटनामा परेका छन्।

आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरण अनुसार १२ जिल्लामा ४ हजार ७९७ वटा सवारी दुर्घटना भएको प्रहरी उपरीक्षक निशान थापाले जानकारी दिए। 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update