Lumbini Rise
ट्रकको ठक्करबाट कपिलबस्तुमा ३ जनाको मृत्यू

कपिलवस्तु - कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्डमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ।  

दुर्घटनामा परि महाराजगन्ज नगरपालिका–२ गैडहवाका १२ वर्षीय आनन्द कश्यप, महाराजगन्ज नगरपालिका–३ गनौरियाका ४५ वर्षीय विजयकुमार गुप्ता र सोही स्थानका ७५ वर्षीय भोल्लर कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

बुधबार बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख २३६४ नम्बरको ट्रकले सडक किनारमा पार्किङ गरिएको नम्बर नखुलेको मोटरसाइकल र साइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

 ट्रकले सडक किनारमा पार्किङ गरिएको मोटरसाइकल र साइकललाई ठक्कर दिएको खुलेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update