Lumbini Rise
बेलहिया हाेटलमा भारतीय र चिनियाँ सिम सहित कलवाइपास सञ्चालन गरेका व्यक्ति पक्राउ

बुटवल- रुपन्देही प्रहरीले बेलहिया स्थित एक होटलमा कल बाइपास गर्दै आएका एक व्यक्तिलाइ पक्राउ गरेको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ स्थित बेलहिया बसपार्क स्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेन्टको दोस्रो तलामा कोठा भाडा लिई भिआअइपीका उपकरण सिहत गोरखा चुमनुव्री गाउँपालिका वडा न.०४ का ६२ वर्षिय छिरिङ गुरुङलाइ पक्राउ गरेको हो ।

ईलाकामा लामो समयको निगरानी पश्चात बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले कोठा खानतलासी गर्दा कलवाइपसका उपकरण फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।

उनका अनुसार  भ्वाइस ओभर इन्टरनेट प्रोटोकल भिओआईपी कल बाईपास  गर्न प्रयोग गरिएका सामान बरामद गरिएको छ । 

सिमकार्डहरु जडान भएको डिभाईस २ थान, वल्र्ड लिंक टु जी र फाइभ जी राउटर १ थान, वाइफाइ सिक्स प्लस राउटर र फेरजी फाइभ जी प्लस राउटर १ थान, बिभिन्न कम्पनीका मोबाइल ३ थान, एसियन कम्पनीको १२ भेल्टको ब्याट्री १ थान, एमेज कम्पनिको ईन्भटर, मल्टिप्लक, भारतिय सिमकार्ड ५६ थान, एनसेल  सिमकार्डको खोल ३८ थान, एनटीसिको सिमकार्ड १ थान, आरजे ४५ केवल ३ थान, चाइनिज सिमकार्ड ३ थान, टेवल पंखा , नेपाली १ हजारको नोट ११ थान, भारतिय ५०० को नोट १४ थान , बाग्मती प्रदेश ०-२०-२७ प ९५९७ नं को स्कुटर सहित नेपाली नागरिका र भारतीय निर्वाचन कार्ड बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै उपकरण सहित पक्राउ परेका गुरुङलाइ रुपन्देही जिल्ला अदालतबाट दूरसंचार ऐन २०५३ को भिओआईपी कल बाईपास सम्बन्धी कसूरमा दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update