बुटवल- बुटवल १३ स्थित जितेश्वरी आमा समूहले शनिबार भैरव मन्दिर क्षेत्रको सरसफाई तथा बृक्षारोपण गरेको छ। साउन १५ को अवसरमा जितेश्वरी टोल विकास संस्थाको सहयोगमा आमा समूहले सरसफाई तथा बृक्षारोपण गरेको हो ।
साउन महिनालाई हिन्दु धर्माम्बलम्बीहरुले बिशेष महत्वका साथ मनाईने भएकाले मन्दिर क्षेत्रको समेत सरसफाई गरेर रचनात्म कार्यक्रम गरेको आमा समूहका अध्यक्ष सिता कार्कीले बताईन ।
उनका अनुसार मन्दिर वरपर सरसफाई गर्नुका साथै सोही क्षेत्रमा बेलपत्र, जाबुना र पारीजात फूलहरु समेत बृक्षारोपण गरिएको छ ।
टोल विकास संस्थाले बेला बेलामा सरसफाई तथा टोल क्षेत्रमा बृक्षारोपण लगायतका अभियान गर्दै आएकोमा शनिबार आमा समूहको सक्रियतामा मन्दिर क्षेत्र सरफाई गरिएको टोलका अध्यक्ष दशरथ पौडेलले बताए ।
उनले पछिल्लो समय भैरव मन्दिर पर्यटकहरुको समेत आर्कषणको केन्द्र भएकाले यसलाई व्यवस्थित बनाउन थालिएको समेत बताए ।

