Lumbini Rise
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम प्रादेशिक भेला बुटवलमा, अध्यक्षमा मान बहादुर कुँवर चयन

बुटवल- नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ -छाता संगठन) सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले प्रथम प्रादेशिक भेला शनिबार बुटवलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय उपाध्यक्ष खडक बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अमात्यले बीमा अभिकर्ताहरुको सबैभन्दा ठूलो संगठन नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ भएको बताउँदै यसको गरिमालाई जोगाई राख्न विमितको विस्वास जितेर काम गर्नुपर्ने बताए । उनले जुनसुकै संस्थाको विकास र हितका लागि संगठनको आवश्यकता हुने भएकाले लुम्बिनी प्रदेशमा भएको प्रथम भेलाबाट सक्षम नेतृत्व निर्माण हुने बताए ।

कार्यक्रममा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम गुरुङ, केन्द्रीय उपाध्यक्षद्वय ऋषिराम भुसाल, रामजी पोखरेल, केन्द्रीय सहसचिव चन्द्र बहादुर नेपालीलगायतले शुभकामना मन्तव्य राख्दै बीमा पेशालाई मर्यादित र क्रियाशीलता बनाई संगठितरुपमा अगाडि बढ्नुपर्ने बताए । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघमा १४ वटा जीवन बीमा र १४ वटा अरु निर्जीवन बीमा कम्पनीहरु आवद्ध रहेका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका करिब ७० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । सारदा खनालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय सहसचिव सुभाष रिजालले गरेका थिए ।

प्रथम प्रादेशिक भेलाले मान बहादुर कुँवरको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति सर्वसम्मतरुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा केशर प्रसाद पोखरेल -नवलपरासी), प्रेम नारायण गैरे -कपिलवस्तु), पूर्ण बहादुर गमाल मगर -प्यूठान), सचिवमा शारदा खनाल -बुटवल), सहसचिवमा चेत बहादुर सारु -पाल्पा), कोषाध्यक्षमा सञ्जु बस्याल -भैरहवा) चयन भएका हुन् ।

त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा झलक कुमार चन्द - नेपालगञ्ज), देवेन्द्र चौधरी -दाङ), अमर बहादुर भाट क्षेत्री -अर्घाखाँची), विष्णु प्रसाद खनाल -बुटवल), माया पौडेल -कपिलवस्तु) र राजेश कुमार बानियाँ -भैरहवा) चयन भएका हुन् । नवनिर्वाचित समितिको टिमलाई निर्वाचन समितिका संयोजक ऋषिराम भुसालले सपथग्रहण गराएका थिए । उक्त निर्वाचन समितिको सदस्यहरुमा खडक बहादुर क्षेत्री र रामजी पोखरेल रहेका थिए

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १३:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update