Lumbini Rise
भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा कार्की निर्वाचित

बुटवल - भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा रविन्द्रकुमार कार्की नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा पुन सेनानी रविन्द्रकुमार कार्की चयन हुनुभएको छ ।

संघको आइतबार बुटवलमा सम्पन्न छैटौं अधिवेसनले कार्कीलाई अर्को कार्याकालको नेतृत्वको लागि जिम्मेवारी दिएको हो। त्यस्तै संघको उपसभापतिमा मानार्थ उपसेनानी बमबहादुर थापा, सचिवमा मानार्थ उपसेनानी शिवबहादुर बस्नेत, सहचिवमा जमदार रघुनाथ पौडेल र कोषाध्यक्षमा सुवेदार मित्रबन्धु रेग्मी चयन भएका छन् ।

अधिवेसनको उद्घाटन गदै मध्यपश्चिम पृतना बुटवलका महासेनानी राजेन्द्र पराजुलीले भुपु सैनिक संघ पनि नेपाली सेनाको अंग भएको उल्लेख गर्नुभयो ।

संघले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको भन्दै प्रसंसा गर्नुभयो । सभापति कार्कीले संघलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अधिवेसनमा झण्डै सय जना भूपू सैनिकहरुको सहभागीता रहेको सुबदार श्रीधर अर्घालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १६:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update