मुग्लिन सडकमा बिहानैबाट यातायात सञ्चालन
चितवन - हिजो राति १०ः२५ बजे सुक्खा पहिरोले अवरुद्ध मुग्लिन सडकमा यातायात सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ५ सिमलधारा पृथ्वीराजमार्गस्थितमा सडकमा माथिबाट रूख सहितको सुक्खा पहिरो खसेर बाटो दुईतर्फी अवारेध भएको थियो ।
पहिरो पन्छाई आज बिहान ६ः१५ बजेबाट नारायणघाट–काठमाडौँ जाने र आउने सवारी साधनको आवागमन पूर्णरुपमा सुरु भएको हो छ । आवागमन सुरु भएपछि बीच बाटोमा रोकिएका यातायातका साधन गन्तव्यमा गएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३ ०७:५९
प्रतिक्रिया दिनुहोस्

