पाल्पा सिद्धबाबामा पहिराे, बुटवल पाल्पा सडक खण्ड अबरूद्व
बुटवल - बुटवल पाल्पा सडक खण्ड अन्तर्गत पाल्पा सिद्वबाबामा बुधबार विहान पहिराे जादा सडक अबरूद्व भएकाे छ । तिनाउ गा.पा. ३ सिद्दबाबा सुरुङमार्ग (पाल्पा तर्फबाट ईन हुने प्वाईन्टको १०० मिटर उत्तर तर्फ) स्थितमा माथीबाट पहिरो खस्दा सिद्दार्थ राजमार्ग पुर्णरुपमा अवरोध भएकाे हाे ।
विहान साढे ८ बजेबाट माथीबाट पहिरो खसिरहेकोले सडक पूर्ण रूपमा अबरुद्ध भएकाे प्रहरी चाैकी दाेभानले जनाएकाे छ । पहिराे खुलाउन प्रहरी चाैकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक सहित ५ जनाको टोली खटिएको जनाईएकाे छ । तयारी अवस्थामा जेसिभि राखिएकाे र पहिरो खस्न रोकिनासाथ काम सुरु हुने छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३ ०९:००
प्रतिक्रिया दिनुहोस्

