सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद
बुटवल - कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, जिनुवास्थित कालिका सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद गरेको छ। सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा फेलापरेका बन्दुकमध्ये तीन नाल साबुत अवस्थामा रहेका छन् भने दुई नाल बेसाबुत अवस्थामा रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका बन्दुक कसले र कुन प्रयोजनका लागि वन क्षेत्रमा राखेको भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३ १२:५९
प्रतिक्रिया दिनुहोस्

