Lumbini Rise
गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यू

गुल्मी - गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका–७ कुडापानीमा बादर धपाउने क्रममा स्थानीय ५५ वर्षीया कमला पाण्डेको मृत्यु भएको हो । 

शुक्रबार साँझ करिब साँढे ५ बजे निउरेनी जंगलस्थित गोरेटो बाटोमा बाँदर धपाउने क्रममा अचानक चिप्लिएर करिब २५ मिटर तल खसेर घाइते भएकी पाण्डेको उपचारका क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ । 

तत्काल उद्धार गरी जिल्ला अस्पताल तम्घासमा उपचारका क्रममा साँझ ६ २५ बजे चिकित्सकले पाण्डेलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्रविर  विश्वकर्माले जानकारी दिए । 
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट टोली घटनास्थल पुगेको थियो ।  

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update