Lumbini Rise
त्रिशूलीमा आज आएकाे बाढीले बगायो चरौंदीको पुल

काठमाडौं - त्रिशूली नदीमा आज (आईतबार)  पनि बाढी आउँदा झोलुङ्गे पुल बगाएको छ । बाढीले धादिङको चरौंदी र गोरखाको घ्याल्चोक जोड्ने पुल बगाएको हो ।

पुल बगेपछि धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ र गोरखाको गण्डकी गाउँपालिका ८ का स्थानीयलाई सकस भएको छ।

गण्डकी गाउँपालिका ८ का अध्यक्ष कोकिलबहादुर पुलामी मगरले त्रिशूलीको बाढीले पुल बगाएको बताए। बाढीले चरौंदीस्थित सहकारी भवन र विद्यालयमा पनि क्षति पुर्‍याएको स्थानीय बासिन्दाको भनाइ छ।

गत भदौ १० को बाढीले पुल, सहकारी भवनलगायतमा क्षति पुगेको थिएन।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update