Lumbini Rise
प्रधानमन्त्री उद्दार कोषमा वरिष्ठ पत्रकार डा. चापागाईंद्वारा आर्थिक सहयोग

बुटवल-  नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, वरिष्ठ  पत्रकार डा. बालकृष्ण चापागाईंले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा अकल्पनीय र प्रलयकारी बाढी र पहिरोमा परेकाहरुलाई उद्दार तथा उपचारमा सहयोग पुगोस् भन्ने हेतुले शनिबार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु ५ हजार ५ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।

सामाजिक सञ्जालमा स्टाटस राख्दै डा. चापागाईंले प्रकृति बल अत्यन्तै शक्तिशाली हुने र यसको विशेषता एवं इकोशिष्टमलाई मानिसले बुझ्न सक्नुपर्ने भन्दै नेपालका हिमाल, पहाड र तराईका  आफ्नै भौगोलिक विशेषता रहेकाले  यसलाई गहिराईमा पुगेर बुझ्नुपर्ने बताउनुभएको छ ।

उहाँले अहिले उत्पन्न महाबिपत्ती बारे यस अघि के कति सचेत हामी थियौैं या थिएनौं ? भन्ने बारे चर्चा गर्दै यस प्रकारका प्रलयकारी महाबिपत्तीबाट जोगिन वा कम क्षति हुने परिस्थिति निर्माण गर्न  आगामी दिनका लागि कस्तो पाठ सिक्ने ? वस्ती विकास र  भौतिक संरचनाको निर्माण गर्दा कस्तो मापदण्ड अपनाउने ? भन्ने विषयमा गम्भीर पाठ सिक्नुपर्ने  बताउनु भएकोछ ।

बिपदको यस घडीमा  सरकार, राजनीतिक दलहरु, नागरिक समाजलगायतका  स्वदेश तथा विदेशमा रहनुभएका सहयोगी मनहरुबाट उद्दार तथा राहत कार्यमा  सहयोग प्राप्त हुनेमा विस्वस्त रहेको भन्दै सहयोग गर्नका लागि हार्दिक अपील गर्नुभएको छ

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update