बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको २२औँ साधारणसभा तथा १०औँ अधिवेशनबाट कल्पना तिवारी अध्यक्षमा निर्वाचित भएकी छन्।
अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्ष (खुला) मा रमेश अर्याल, उपाध्यक्ष (महिला) मा सीता गौतम बराल र उपाध्यक्ष (समावेशी) मा तिलक सुवेदी निर्वाचित भएका छन्।
त्यस्तै सचिवमा रामप्रसाद भण्डारी, कोषाध्यक्षमा कल्पना शर्मा, सहसचिव (खुला) मा बसन्तराज बराल र सहसचिव (महिला) मा श्रृष्टी अधिकारी चयन भएका छन्।
कार्यसमिति सदस्यमा सन्तकुमार श्रेष्ठ, ज्ञानकुमारी विक र नविन राना निर्वाचित भएकाे निर्वाचन समिति संयोजकमा जीवनारायण अधिकारीले बताए ।
यूनियनमा सर्वसहमती नभएपछि अध्यक्ष, सचिव पदमा मतदान गरिएकाे थियाे । अध्यक्षमा दीपक घिमिरे र सचिवमा प्रदीप आचार्य पराजित भएका हुन् ।

