बुटवलको आकाशमा प्याराग्लाईडिङको सफल परीक्षण
बुटवल - बुटवलको आकाशमा आज १४ पटक प्याराग्लाईडिङको सफल परिक्षण उडान र अवतरण गरिएको छ । नुवाकोटको चुरे पहाडादेखि बुटवलको उडान सुरु गरि बुटवल शहरको परिक्रममा गर्दै बदेल पोखरीमा परिक्रमा गरिएको हो ।
७ जना पाईलटले प्याराग्लाईडिङबाट १४ पटकसम्म उडान र अवरतरण गरेको लुम्बिनी इगल आई एड्भेन्चर प्रालिका अध्यक्ष डाक्टर किशन थापाले जानकारी दिए ।
बाबु एड्भेन्चर प्यारागलाईडिङ प्रालि स्याङ्गजाको प्राविधिक सहयोगमा उडान गरिएको र अबको केही समय पछि बुटवलमा ब्यवसायीक उडान सुरु गरिने उनले बताए ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३ २१:१८
प्रतिक्रिया दिनुहोस्

