Lumbini Rise
बुटवल उद्योग वाणिज्य संघको अधिवेशन मिति सर्याे,सदस्यता नविकरण असाेज ७ सम्म गर्न पाउने


बुटवल - बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति २ दिन सारिएको छ । संघको ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन यहि असोजको २३ देखि २६ गतेसम्म सम्पन्न गर्नेग री पूर्व निर्धारित मितिमा सामान्य हेरफेर गरेको हो ।

यस अंगाडि यहि असोजको २१–२३ गते गर्नेगरी मिति तय गरिएको थियो । बैठकले साधारण सभा तथा अधिवेशनको तयारी तथा कार्यालयबाट गर्नुपर्ने कामको व्यवस्थापन लगायतका कारण पूर्वनिर्धारित मितिलाई हेरफेर गर्नुपरेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।


संघका अध्यक्ष हरिप्रसाद अर्यालयको अध्यक्षतामा बसेको बैठकले साधारण सभा तथा अधिवेशनको मिति हेरफेर गर्नुका साथै साधारण सभा नविकरणको लागि पनि २ दिन समय थप गरिएको छ ।

साधारण सभा तथा अधिवेशनको मिति २ दिन पर सार्दा सदस्यता नविकरणको मिति पनि २ दिन थप गरिएको हो । संघको सदस्यता नविकरणको लागि आज (असोज ५ गते) सम्म समय रहेकोमा अव बुधबार (असोज ७ गते) सम्म थप गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update