Lumbini Rise
ज्ञानपुञ्ज स्कूलका विद्यार्थीद्धारा व्यवहारिक सिकाइका लागि भित्ते पत्रिका प्रकाशन सुरु

बुटवल- विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिने उदेश्यका साथ ज्ञानपुञ्ज बोर्डिङ्ग स्कूल बुटवलले भित्ते पत्रिका प्रकाशन सुरु गरेको छ । मंगलबार एक कार्यक्रमका विच विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले विद्यार्थीहरुद्धारा तयार पारिएको भित्तेपत्रिका प्रकाशनको शुभारम्भ गरेका हुन् ।

पछिल्लो पुस्ता प्रविधमा मात्रै केन्द्रीत हुँदा सिकाई व्यवहारिक हुन नसकेको अनुसन्धान आइरहेको बेला व्यवहारिक र प्रयोगात्मक सिकाईका लागि भित्तेपात्रो पत्रिका प्रकाशन सुरु गरिएको प्राचार्य भण्डारीले बताए । उनले अबदेखि विद्यार्थीहरुको सक्रियता र शिक्षकको मेन्टरसिपमा प्रत्येक महिना अंग्रेजी र नेपालीमा भित्तेपात्रिमा प्रकाशन गरिनेछ । 

WhatsApp-Image-2026-09-22-at-14.05.08-(1)-1790083239.jpeg


भित्तेपात्रोमा विद्यार्थीहरूले आफ्ना विचार, अनुभव, ज्ञान तथा सिर्जनात्मक क्षमतालाई विभिन्न लेख, समाचार, सम्पादकीय, कथा, कविता, पुस्तक समीक्षा, चित्रकला तथा जानकारीमूलक सामग्रीमार्फत प्रस्तुत गरेका छन्।

यस्ता गतिविधिहरूले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास, अभिव्यक्ति क्षमता तथा सिकाइप्रतिको रुचि विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update