मिर्मीमा कालीगण्डकीको बाढीले बगायो पक्की पुल
बुटवल - कालीगण्डकीको बाढीले पक्की पुल बगाएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।
कालीगण्डकी जलविद्युत आयोजनाको बाँध सँगै रहेको पक्की पुल बगाएपछि स्याङ्जा र गुल्मि आवतजावत तथा यातायात सेवा प्रभावित भएको छ।
कालीगण्डकीमा पानीको सतह बढ्दै गएकोले दुबै जिल्लाका प्रशासनले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।
त्यस्तै स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थल सेतिबेणी बजार पुर्ण रूपमा डुबानमा परेको छ। भारी वर्षका कारण स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका सबै ढोका खोलिएका छन्।
आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०८३ ११:४०
प्रतिक्रिया दिनुहोस्

