Lumbini Rise
एकीकृत समाजवादी बुटवलले बुझायो स्मरण–पत्र 

बुटवल– नेकपा (एकीकृत समाजवादी) बुटवलले आइतबार बुटवल उपमहानगरलाई स्मरण पत्र बुझाएको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा सहित केन्द्रीय आन्दोलन अन्तर्गत गत वैशाख २२ गते बुझाइएको माग पूरा गर्ने सन्दर्भमा पुन स्मरण पत्र बुझाएको सो पार्टीले जनाएको छ।

 बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयलाई एकीकृत समाजवादी पार्टीका अध्यक्ष चिनबहादुर गुरुङले स्मरण पत्र बुझाएका हुन । स्मरण पत्र बुझाउँदै गुरुङले स्थानीय तहले पूरा गर्ने माग यहीबाट र अन्य मागहरू प्रदेश र सङ्घीय सरकारसमक्ष पुर्‍याउन नगरप्रमुखको ध्यानाकर्षण गराए ।

नगरप्रमुख पाण्डेयले स्मरण पत्र बुझ्दै मागहरूका बारेमा ध्यानाकर्षण भएको बताए । समाजवादी बुटवल उपमहानगर कमिटीले बुटवल धागो कारखाना सञ्चालनसहित विभिन्न जनसरोकारको मागहरू पेस गरेको छ ।

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा टिकटका लागि समेत घन्टौँ लाइनमा बस्नुपरेको, बुटवल ज्योतिनगर लक्ष्मीनगरको पहिरो नियन्त्रण गर्नुपर्ने मोतीपुर औद्योगिक क्षेत्रमा ५० औँ वर्षदेखि बसोबास गर्दै आएकाहरूको समस्या समाधान गरी औद्योगिक क्षेत्र निर्माण गर्न तथा भूमिहीन दलित सुकुम्बासीहरुलाई लालपुर्जा दिने व्यवस्था गर्न माग गरेको थियो ।

स्मरण पत्र बुझाउने कार्यक्रममा कार्यपालिका सदस्य यमबहादुर सुनार, नेकपा एसका प्रदेश सदस्य रुक्माङगत घिमिरे, इन्द्रबहादुर राई, सचिव भिमबहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो । 

 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update