
काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिने वा नदिने भन्नेबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् ।
सोमबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । एक पदाधिकारीले बैठकको मुख्य विषय भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएपछि अब के गर्ने भन्ने छलफल गरिनेछ ।
बैठकमा क्रियाशील सदस्यता नवीकरणबारे क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पाटी पदाधिकारीलाई ब्रिफिङ गर्नेछन् । मुख्यसचिव पौडेलले महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे बैठकमा जानकारी गराउने बताइएकाेछ ।
स्रोतका अनुसार लेखकले पदाधिकारी बैठकपछि राजीनामा दिनेछन् । पार्टीभित्र र बाहिर दबाब बढ्दै गएपछि लेखकले राजीनामा दिने सम्भावना रहेको बत्ताइएको छ । काँग्रेस नेता शेखर कोइराला र सुनिल शर्माले समेत गृहमन्त्री लेखकको राजीनामा मागिरहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई कार्यालयमा छापा मारेर नियन्त्रणमा लिएर उनका डिभाइस जफत गरेपछि गृहमन्त्री लेखकको संग्लनताकाे आरोप लागेको हो ।