गृहमन्त्री लेखककाे राजीनामाबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै
सोमबार, जेठ १२, २०८२
काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिने वा नदिने भन्नेबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । एक पदाधिकारीले बैठकको मुख्य विषय भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएपछि अब के गर्ने भन्ने छलफल गरिनेछ । स्रोतका अनुसार लेखकले पदाधिकारी बैठकपछि राजीनामा दिनेछन् ।