Lumbini Rise
एकीकृत समाजवादी सियारी गाउँकमिटिले बुझायाे ज्ञापन-पत्र

बुटवल– नेकपा (एकीकृत समाजवादी) सियारी गाउँकमिटि रुपन्देहीले सोमबार सियारी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा सहित केन्द्रीय आन्दोलन अन्तर्गत गाउँकमिटिले गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलाई बुझाइएको हो ।

नेकपा एस गाउँकमिटी अध्यक्ष विजय यादवद्वारा हस्ताक्षरित माग पत्रका बारेमा पार्टीका नेता श्रीराम यादवले वाचन गरी पेस गरिएको थियो । एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनसँग सम्बन्धित सवालसँगै छुवाछुत र महिला हिंसामुक्त पालिका बनाउन माग गरेको छ।

यस्तै तिनाउ नदीमा भइरहेको नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्नुपर्ने, छपियालाई माछा जोनका रूपमा विकास गर्नुपर्ने मागमा समेत पालिकाको ध्यानाकर्षण गराइएको छ । ज्ञापन पत्र बुझ्दै पालिका अध्यक्ष घिमिरेले सुझावहरूलाई ग्रहण गर्ने र पालिकाले पूरा गर्नुपर्ने मागहरू सम्बोधन गर्ने बताए ।

5fxVnwK--1748272767.jpg


उक्त अवसर पालिकाका उपाध्यक्ष उपाध्यक्ष तारा थारु, प्रमुख प्रशासकीय अधिकृत अशर जिसिलाई समेत मागका बारेमा जानकारी गराइएको थियो । ज्ञापन-पत्र बुझाउने कार्यक्रममा नेकपा एस जिल्ला कमिटीका उपाध्यक्ष अविराम विश्वकर्मा, दिनेश भुसाल, भीष्म यादव, गंगाधन बस्याल, प्रेमबहादुर विक, भूपेन्द्र यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

यस्तै सोमबार नै देवदह नगरकमिटिले पनि नगरपालिकामा ज्ञापन पत्र बुझाएको जिल्ला सचिव टंक पोखरेलले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update