Lumbini Rise
खेम सेन्चुरी र सुनितामी परियारको गीत ‘लाजको पर्दा’ सार्वजिनक

बुटवल – नेपाली साङ्गीतिक बजारमा फेरि एक पटक एउटा गहिरो प्रेम भाव बोकेको गीत आएको छ । त्यो हो लाजको पर्दा । गायिका सुनितामी परियारको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियो ‘लाजको पर्दा’ मा चर्चित अभिनेता पल शाह र सामाजिक सञ्जालमा भाइरल बाल कलाकार आरुशी कार्कीको संवेगात्मक अभिनय रहेको छ । 

यो म्युजिक भिडियोसँगै नायिका जुना विश्वकर्मा र बाल कलाकार युनिश घिमिरे पनि देखिएका छन्, जसले भिडियोको समग्र कथावस्तुमा थप गहिराइमा पुगेको देखिन्छ । गीतमा खेम सेन्चुरी र सुनितामी परियारको  स्वर रहेको छ । ऐतिहासिक तथा धार्मिक क्षेत्रले परिचित अर्घाखाँची जिल्लामा जन्मेर काठमाडौँमा बसी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा कलामार्फत आफ्नो नाम राख्न सफल छिन ।

आफ्नो गायन यात्रालाई अझै सहज बनाउन नयाँ गीत बजारमा ल्याएको गायिका परियारले बताइन । गीतकार विमल कौशलको शब्द रहेको  गीतको  निर्देशन कुशल निर्देशक विक्रम चौहानले गरेका हुन । ‘

लाजको पर्दा’ शीर्षक आफैँमा गहिरो छ – जुन लाज र सङ्कोचभित्र लुकेको प्रेमको सुगन्ध बोकेको छ । भिडियोको हरेक दृश्य, लय र शब्दले प्रेमलाई नाजुक र सम्मानित रूपमा प्रस्तुत गरेको छ ।   

नेपाली समाजमा अझै प्रेम खुलेर अभिव्यक्त गर्न हिचकिचाइन्छ, र यही हिचकिचाहटभित्रको सौन्दर्यलाई यस गीतले कुशलतापूर्वक उधिन्ने प्रयास गरेको छ । 

 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update