खेम सेन्चुरी र सुनितामी परियारको गीत ‘लाजको पर्दा’ सार्वजिनक
मंगलबार, जेठ १३, २०८२
बुटवल – नेपाली साङ्गीतिक बजारमा फेरि एक पटक एउटा गहिरो प्रेम भाव बोकेको गीत आएको छ । त्यो हो लाजको पर्दा । गायिका सुनितामी परियारको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियो ‘लाजको पर्दा’ मा चर्चित अभिनेता पल शाह र सामाजिक सञ्जालमा भाइरल बाल कलाकार आरुशी कार्कीको संवेगात्मक अभिनय रहेको छ ।