
बुटवल – बुटवल होराईजनचौकमा आमा र २ बच्चाको विभत्य रूपमा हत्या भएको छ । बुटवल ११ होराइजनचोक नजिकै मिलीजुली पथमा अन्दाजी २७ वर्षीय दीपा बस्याल, उनका दुई छोरीलाई घाँटी अठ्याएर विभत्य ढंगले हत्या गरिएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बिहान पूर्व श्रीमानले पूर्व श्रीमती र २ जना बच्चाहरूको हत्या भएको पुष्टि गरे । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०÷३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डिभोर्स भएर अर्केसङ विवाह गरी गएकी पूर्व श्रीमतीलाई पूर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजी ४ बजेतिर घटना घटाएको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार १० वर्षअघि नै सम्बन्ध विच्छेद भइसकेको थियो ।
डिएसपी रानाले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको बताए । हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेको स्थानीयले बताएका छन् । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।