Lumbini Rise
लुम्बिनी सांसद गुरुङ पदमुक्त 

बुटवल – लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।  जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ मंगलबारदेखि पदमुक्त भएकी हुन् ।  

वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए । गीताले प्रदेशसभाको इमेलमार्फत राजीनामा बुझाएकी थिइन् । 

जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सिके गुप्ताले उनी पदमुक्त भएको बताए । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुनले गीताको अनुपस्थितिको सूचना प्रदेशसभामा दिएर आजदेखि उनलाई पदमुक्त गरिएको जानकारी दिइएको बताए।

 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १९:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update