Lumbini Rise
राजस्व चुहावटको अभियोगमा सुन्दर प्लाइउड भैरहवाका सञ्चालक अग्रहरीमाथि मुद्दा दायर 

बुटवल – भैरहवा स्थित सुन्दर सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीलाई राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभाग बुटवलले अदालतमा मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान विभाग बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले तयार पारेको प्रतिवेदनका आधारमा उच्च अदालत  तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा २० (६) बमोजिम बुधवार मुद्दा दायर गरेको गरिएको हो । 

राजस्व अनुसन्धान विभागका प्रवक्ता तथा उपनिर्देशक कृष्ण कुमारी श्रेष्ठले बुधवार एक विज्ञप्ति जारी गरी प्लाइउडका सञ्चालक अग्रहरीलाई ५३ लाख २७ हजार ६४६ रुपैयाँ जरिवाना र एक करोड ६ लाख ५५ हजार २ सय बिगो माग दाबी गरी अदालतमा मुद्दा दायर गरेको जनाइएको छ ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, वडा नं.– ८, लुम्बिनी गेट स्थित सुन्दर प्लाइउड सेन्टरले भन्सार छलेर सामान ल्याएको पाइएको उल्लेख विज्ञप्तिमा उल्लेख गरिएको छ । 

माल वस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नु, बिजक नै जारी नगरी माल वस्तु बिक्री गर्नु, बिक्री भएको माल वस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगर्नु, पेस गरेको मौज्दात विवरण भन्दा अधिक माल वस्तु गोदामबाट फेला पर्नु, बढी फेला परेको माल वस्तुको खरिद तथा भन्सार पैठारी गरेको कुनै निस्सा प्रमाण नभएकाले राजस्व चुहावट भएको राजस्व अनुसन्धान विभागको ठहर छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (क), (ख), (छ) र (झ) बमोजिम कसुर गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभाग बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताए । 

rajaso-1748445703.jpeg


 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update