
बुटवल - १८ औं गणतन्त्र दिवस २०८२ तथा युगकवि सिद्धिचरण श्रेष्ठको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार बुटवलमा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थित ऐतिहासिक नवजागृति पुस्तकालयद्वारा स्थापित पुरस्कार युगकवि सिद्धिचरण श्रेष्ठ साहित्य सम्मान २०८२ वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईंलाई प्रदान गरिएको छ ।
संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ अन्र्टार्टिकामा पुग्ने प्रथम नेपाली भुवनसिंह विश्वकर्माको प्रमुख आतिथ्यतामा डा. चापागाईंलाई नेपाली भाषा, पत्रकारिता, बौद्धदर्शन र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै नगदसहित पुरस्कृत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि भु्वनसिंह विश्वकर्माले बोल्दै बौद्धदर्शन र सञ्चार विषयमा विद्यावारिधि गर्नुभएका डा. चापागाईंले पत्रकारिता, नेपाली भाषा र बौैद्ध साहित्यको लेखनमा दिनुभएको योगदानलाई उच्च सम्मान गर्दै पुस्तकालय परिवारले पुुरस्कृत गरेकोमा आयोजकलाई धन्यवाद तथा डा. चापागाईंलाई बधाई दिएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बोल्दै लुम्बिनी बाङ्ग्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद, लेखक तथा साहित्यकार कृष्ण प्रसाद कोइराला, धर्म संस्कृति विज्ञ विजयराज बस्याल, प्रा.डा. बाबुराम ज्ञवाली, विश्व हिन्दु महासंघ देवदह नगर समिति अध्यक्ष गणेश प्रसाद आचार्यलगायतले मन्तव्य राखेका थिए ।
नवजागृति पुस्तकालयका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै पुरस्कृत व्यक्तित्व डा। चापागाईंलाई बधाई तथा शुभकामना दिएका थिए । नव जागृति पुस्तकालयका महिला समिति महासचिव सुजिता शेरचनको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव उर्मिला श्रेष्ठले गरेकी थिईन् ।
पुरस्कृत व्यक्तित्व डा. चापागाईंका बौद्धदर्शन र सञ्चार (ग्रन्थ), आमसञ्चार र नेपाली भाषा, पत्रकारितामा लुम्बिनीलगायतका विभिन्न विधाका पुस्तकहरु प्रकाशित छन् भने विभिन्न अनुसन्धानात्मक जर्नल तथा साहित्यिक पत्रिका र समाचारपत्रहरुमा विगत ४ दशक अघिदेखि दर्शन, राजनीति र समसामयिक विषयमा लेखरचनाहरु निरन्तर प्रकाशित हुँदै आएका छन् ।