डा. बालकृष्ण चापागाईं सिद्धिचरण श्रेष्ठ साहित्य पुरस्कारबाट सम्मानित
बिहीबार, जेठ १५, २०८२
बुटवल - १८ औं गणतन्त्र दिवस २०८२ तथा युगकवि सिद्धिचरण श्रेष्ठको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार बुटवलमा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थित ऐतिहासिक नवजागृति पुस्तकालयद्वारा स्थापित पुरस्कार युगकवि सिद्धिचरण श्रेष्ठ साहित्य सम्मान २०८२ वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईंलाई प्रदान गरिएको छ ।