Lumbini Rise
दुम्कीबासमा डाईभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित

नवलपुर– बर्षाका कारण दुम्किबासको विनयी खोलमा रहेको डाइभर्सन सडक बगाएपछि पूर्वपश्चिम राजमार्गको यातायात प्रभावित भएको छ। दाउन्नेको खुर्सानी खोला नजिकमा महेन्द्रराजमार्ग भासिएपछि रातीदेखि विहानसम्म अवरुद्ध सडक सञ्चालनमा ल्याइएपनि दुम्किबासको डाइभर्सन बगाएपछि यातायात प्रभावित भएको हो ।

अहिले डाईभर्सन बगाएपछि वैकल्पिक बाटोहुँदै सवारी पास गराइएको छ ।  नारायणगढबाट चोरमारा अरुखोला हुँदै महेन्द्रराजमार्गमा पर्ने होङ्सी सिमेन्ट कारखानाको गेट हुँदै उत्तर सर्दी पुगेर फेरी दुम्किबास हुँदै वारपार गराइएको छ। पूर्व पश्चिम राजमार्गमा पर्ने होङ्सी सिमेन्टको गेट हुँदै सर्दी दुम्किबास निस्कन २५ किलोमिटर लामो यात्रा गर्न पर्छ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी खोलाको डाइभर्सन बगाएका कारण शुक्रबार बिहान २ बजेदेखि रोकिएका साना र यात्रुबहाक गाडी त्यो घुमाउरो सडक हुँदै वारपार गराइएको छ । ठूला, लामा लरी र मालबहाक गाडी भने पूर्व पश्चिम राजमार्ग मै रोकिएको छ । ठूला गाडी पठाउँदा जाम पर्ने सक्ने भएकाले मालबाहक गाडी त्यो राजमार्गमा हिँड्न नदिइएको प्रहरीले जनाएको छ ।

बिहीबार राति परेको वर्षातका कारण पूर्वी नवलपरासी अन्तर्गत दाउन्ने, दुम्किबासको विनयी खोला र चोरमारा खोलामा बनाइएको डाइभर्सन बगाउँदा यातायात बिहान २ बजेबाट नै ठप्प थियो ।  त्यस्तै चोरमारामा पनि गिरुवारी पुल नजिकबाट अस्थायी सडक निर्माण गरेर यातायात सुरु गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update