यानेन्द्र जिसिकाे संयाेजकत्वमा नागरिक मिडिया मञ्च नेपाल गठन

बुटवल – नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष यानेन्द्र जिसिको संयोजकत्वमा नागरिक मिडिया मञ्च नेपाल गठन भएको छ । नागरिक सरोकारका मुद्दाहरुमा पेशागत धर्म निर्वाह गर्दै जनउत्तरदायी पत्रकारिता गरी मिडियाको प्रभावकारीता बढाउने उदेश्यका साथ स्वतन्त्र र साझा फोरमका रुपमा जिसिको संयोजकत्वमा मञ्च गठन गरिएको हो ।
मञ्चको सदस्यहरुमा श्यामलाल पोखरेल, प्रकाश डुम्रे, विनोद परियार र टिआर शर्मा रहेका छन् । १५ सदस्यीय मञ्चमा अन्य सदस्यहरु थपिदै लगिने जनाइएको छ ।
पछिल्लो समय मिडियाप्रती आम नागरिकको अपेक्षा र समाजका भएका उकुसमुकुसलाई सम्बोधन गर्ने गरी पत्रकारिता क्षेत्रको बहसलाई अगाडि बढाउन मञ्च स्थापना गरिएको संयोजक यानेन्द्र जिसिले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ ०७:१४
प्रतिक्रिया दिनुहोस्