
बुटवल - लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट (मेसु) डा.इन्द्र ढकालको दरबन्दी सप्तरीमा रहेको खुलासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा २०८१ असार ५ गते बरिष्ठ अर्थोपेडिक सर्जन (दशौं तह) मा पदस्थापना भएको भन्दै सोही अस्पतालमा तुरुन्त हाजिर हुन निर्देशन सहितको पत्र पठाएपछि ढकाल काजमा मेडिकल सुपरिटेन्डन रहेको खुलासा भएको हो । यसअघि डा. ढकाल काजमा मेसु भएको जानकारी थिएन ।
सत्ता र शक्तिको आधारमा काजमा लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डन भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई शुक्रबार पत्र लेख्दै गजेन्द्रनारायण अस्पतालमा सेवा प्रवाहमा कठिनाई भएको भन्दै तुरुन्त हाजिर हुन निर्देशन सहितको पत्राचार गरेका हुन ।
‘डा. ईन्द्र ढकाल त्यस अस्पतालमा काजमा रहनु भएकोमा निज तहाँ काजमा रहँदा अस्पतालको सेवा प्रवाहमा कठिनाई भएको भनी गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरीको च.नं. २९३ मिति २०८१/७/२७ को पत्रबाट र मौखिक ताकेता समेत प्राप्त भएकाले निजलाई अबिलम्ब दरवन्दी रहेको निकायमा हाजिर हुन पठाई यस मन्त्रालयलाई जानाकारी दिनुहुन निर्णयानुसार अनुरोध गरिन्छ’ पत्रमा भनिएको छ ।
डा ढकाल १० औं तहका सर्जन भएपनि प्रदेश सरकारले उनलाई ११ औं तहको पद रहने मेसु बनाएको थियो। यस विषयमा अदालतमा मुद्दा विचाराधिन छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलार्इ समेतबोधार्थ पत्र पठाएको छ ।