डा. इन्द्र ढकाल लुम्बिनी प्रादेशिक अस्पतालको काजमा मेसु भएको खुलासा, सप्तरीमा हाजिर हुन निर्देशन
शुक्रबार, जेठ २३, २०८२
बुटवल - लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट (मेसु) डा.इन्द्र ढकालको दरबन्दी सप्तरीमा रहेको खुलासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा २०८१ असार ५ गते बरिष्ठ अर्थोपेडिक सर्जन (दशौं तह) मा पदस्थापना भएको भन्दै सोही अस्पतालमा तुरुन्त हाजिर हुन निर्देशन सहितको पत्र पठाएपछि ढकाल काजमा मेडिकल सुपरिटेन्डन रहेको खुलासा भएको हो । यसअघि डा. ढकाल काजमा मेसु भएको जानकारी थिएन ।