Lumbini Rise
स्पेन नेसन्स लिगको सेमिफाइनल

 

एजेन्सी साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै सेमिफाइनल पुगेको हो । 

दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो ।पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन र जाभी सिमोन्सले गोल गरे । घरेलु टोलीका मिकेल ओयार्जाबालले २ र लामिन यमलले १ गोल गरे ।आठौं मिनेटमा ओयार्जाबालले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ५४औं नेदरल्यान्ड्सका मेम्फिसले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

६७औं मिनेटमा ओयार्जाबालले दोस्रो गोल गर्दै स्पेनलाई अग्रता दिलाए । त्यसको १२ मिनेट पछि इयान मास्टेनले उत्कृष्ट गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए ।१ सय ३ मिनेटमा स्पेनका यमलले उत्कृष्ट गोल गर्दै पुनः स्पेनलाई अग्रता दिलाए । ६ मिनेटपछि नेदरल्याण्ड्सका जाभी सिमोन्सले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३३ को बराबरीमा ल्याए ।

समग्रमा खेल बराबरीमा सकिएपछि निणर्य पेनाल्टी सुटआउट मार्फत भएको थियो । पेनाल्टी सुटआउटमा दुबै टोलीले पहिलो तीन प्रहार गोलमा परिणत गरे ।त्यसपछि नेदरल्यान्ड्सका नोआ लाङले प्रहार गर्दा बल बारमा लागेर बाहिरियो । नेदरल्याण्ड्सका गोलकिपर बार्ट वेरब्रुग्गेनले यमलको पेनाल्टी बचाए ।

बार्सिलोनाका पेड्रीले निर्णायक पेनाल्टी गोल गर्दै स्पेनलाई जित दिलाए । डोनेल मालेनले पेनाल्टी मिस गरेपछि नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिन पुग्यो ।सेमिफाइनलमा स्पेनले आगामी जुनमा फ्रान्ससँग जर्मनीमा खेल्नेछ । अर्को सेमिफाइनलमा घरेलु टोली जर्मनीले पहिलो संस्करणको विजेता पोर्चुगलसँग खेल्नेछ ।

 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update